Kathmandu Press

प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्षको चेतावनी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति प्रश्न उठाउँदै उक्त दाबीको प्रमाण सार्वजनिक गर्न वा माफी माग्नुपर्ने माग गरेका छन्।
प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्षको चेतावनी

काठमाडौं, जेठ १९ : प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म संसद सञ्चालन हुन नदिने चेतावनी दिएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर गम्भीर असन्तुष्टि जनाउँदै तत्काल सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे।

Hardik ivf

उनका अनुसार प्रधानमन्त्रीले नेपालले पनि भारततर्फ भूमि मिचिएको भन्ने आशयको अभिव्यक्ति दिएकोप्रति कांग्रेसले कडा आपत्ति जनाएको छ। उनले यस्तो संवेदनशील विषयमा सरकारले जिम्मेवार ढंगले स्पष्टता दिनुपर्ने बताए।

‘प्रधानमन्त्रीले संसदमा आएर नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएको छ। यसमा हाम्रो कडा आपत्ति छ । उहाँले सार्वजनिक रूपमा माफी माग्नुपर्छ, माफी नमागेसम्म हामी संसद चल्न दिँदैनौं,’ उनले भने।

त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति प्रश्न उठाउँदै उक्त दाबीको प्रमाण सार्वजनिक गर्न वा माफी माग्नुपर्ने माग गरेका छन्।

उनले नेपालले भारतको जग्गा मिचेको भन्ने विषयमा प्रधानमन्त्रीले स्पष्ट प्रमाणसहित पुष्टि गर्नुपर्ने बताए। उनले यस्तो संवेदनशील विषयमा सरकार जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै आवेगमा दिएको अभिव्यक्ति भए सार्वजनिक रूपमा माफी माग्नुपर्ने धारणा राखे।

‘नेपालले भारतको जग्गा कहाँ मिचेको रहेछ रुत्यो कुरा उहाँले यहाँ आएर पुष्टि गर्नुपर्छ। सरकारलाई गल्ति गर्ने कुनै छुट हुँदैन। त्यसैले उ सरकार हो । उहाँले यदी आवेगमा आएर त्यो कुरा राखेको हो भने तीन करोड जनताको अगाडि माफि माग्नुपर्छ,’ उनले भने।

प्रकाशित मिति: १५:१८ बजे, मंगलबार, जेठ १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्