राष्ट्रिय सभामा अवरोध, बैठक भोलिसम्मका लागि स्थगित
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरेका हुन्।
काठमाडौं, जेठ १९ : विपक्षी दलहरूले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरेका हुन्।
बैठक सुरु हुनासाथ उनीहरू उठेर अवरोध गरेका थिए। त्यसपछि अध्यक्ष दाहालले बोल्न समय दिए। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै फिर्ता लिन माग गरे।
सोमबरको बैठकमा पनि विपक्षी दलहरुले अवरोध गरेका थिए। सो बैठक पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएका थियो।
प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, जेठ १९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार