Kathmandu Press

माण्डु हाइड्रोले १० प्रतिशत बोनस सेयर र नगद लाभांश वितरण गर्ने

कम्पनीले प्रवर्द्धन गरेको ३५ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजनाबाट प्राप्त आम्दानी तथा सञ्चित नाफाका आधारमा लाभांश प्रस्ताव गरिएको जनाएको छ। 
माण्डु हाइड्रोले १० प्रतिशत बोनस सेयर र नगद लाभांश वितरण गर्ने

काठमाडौं, जेठ १९ : माण्डु हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

कम्पनीको सञ्चालक समितिको २२५औँ बैठकले आर्थिक वर्ष २०८१÷८२ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको ह ।

Hardik ivf

कम्पनीले प्रवर्द्धन गरेको ३५ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजनाबाट प्राप्त आम्दानी तथा सञ्चित नाफाका आधारमा लाभांश प्रस्ताव गरिएको जनाएको छ। 

निर्णयअनुसार हाल कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत बराबर १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ मूल्य बराबरको बोनस सेयर वितरण गरिनेछ।

त्यसैगरी, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०।५२६३ प्रतिशत बराबर ७१ लाख ७७ हजार ३७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त लाभांश प्रस्ताव विद्युत् नियमन आयोग तथा आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिनेछ । माण्डु हाइड्रोपावरले सोमबार बसेको सञ्चालक समिति बैठकमार्फत लाभांश वितरणको निर्णय गरेको जानकारी नेपाल स्टक एक्सचेन्ज ९नेप्से० लाई गराएको हो ।

प्रकाशित मिति: १३:०७ बजे, मंगलबार, जेठ १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्