Kathmandu Press

पक्राउ परे वीरगञ्ज महानगरका मेयर सिंह

जेठ १२ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सिंहलाई प्रहरीले पर्साकै ठोरीस्थित रिसोर्टबाट मंगलबार बिहान पक्राउ गरेको हो। 
पक्राउ परे वीरगञ्ज महानगरका मेयर सिंह

पर्सा, जेठ १९ : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। 

जेठ १२ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सिंहलाई प्रहरीले पर्साकै ठोरीस्थित रिसोर्टबाट मंगलबार बिहान पक्राउ गरेको हो। 

Hardik ivf

सिंहमाथि नागरिकतासम्बन्धी  लिखतसम्बन्धी कसुरमा पर्सा प्रहरीबाटै अनुसन्धान हुने बताइएको छ। 

१२ जेठमा पर्सा जिल्ला अदालतले सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। 

वीरगन्ज–३ का लियाकत अलीले ०८० साल माघमा पर्सा प्रहरीमा मेयर सिंहविरुद्ध सरकारी कागजात र नागरिकता किर्ते विषयमा उजुरी दिएका थिए । उक्त उजुरीका आधारमा सिंहविरुद्ध चार मुद्दा परेकामा अदालतले लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएको सूचना सार्वजनिक हुनासाथ मेयर सिंह भने मोबाइल अफ गरेर सम्पर्कबिहीन भएका थिए।

सिंहलाई आजै पुर्पक्षका निम्ति थुनामा पठाउने वा धरौटीमा छाड्नेमध्ये अदालतले एक आदेश गर्नेछ ।

प्रकाशित मिति: १३:०४ बजे, मंगलबार, जेठ १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्