रवि लामिछानेलाई भाजपा मुख्यालयमा बाजागाजासहित स्वागत
यो भ्रमणले रास्वपा र भाजपा बीच पार्टी टु पार्टी संलग्नता सुरु गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचमा विचार आदानप्रदानको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
काठमाडौं, जेठ १९ : भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत गरिएको छ । मुख्यालय परिसरमा उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको हो।
उनलाई भाजपाका अध्यक्ष नितिन नवीनलगायतका पदाधिकारीले स्वागत गरेका हुन् । लामिछानेसहितको टोलीले मुख्यालयको अवलोकन गर्दै दुई देशको सम्बन्धलाई थप मजवुद बनाउने विषयमा दुई पक्षीय संवाद भएको थियो।
यो भ्रमणले रास्वपा र भाजपा बीच पार्टी टु पार्टी संलग्नता सुरु गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचमा विचार आदानप्रदानको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
भारतीय जनता पार्टीले प्रतिनिधिमण्डललाई स्वागत गर्दै रचनात्मक संवादको लागि तत्पर रहेको बताएको छ।

यसअघि मंगलबार दिउँसो ४ बजे पार्टी मुख्यालयमा ‘भाजपालाई चिन्नुहोस्’ पहल अन्तर्गत १२ देशका प्रतिनिधिहरूसँग भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनले अन्तरक्रिया गरेका थिए।
अन्तरक्रियामा भाजपाको विदेश मामिला विभागका प्रभारी विजय चौथाईवाले पनि उपस्थित थिए। भाजपाको मुख्यालयले लामिछानेको नाममा रात्रिभोजको आयोजना गरिएको छ।