Kathmandu Press

राष्ट्रिसभाको बैठक बस्दै, कार्यसूचीसहित

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 
राष्ट्रिसभाको बैठक बस्दै, कार्यसूचीसहित

काठमाडौं, जेठ १८ : राष्ट्रिसभाको बैठक आज ९मंगलबार० बस्ने भएको छ । बैठक सिंहदरबारमा दिउँसो १स्१५ बजे बस्ने भएको हो।

आजको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ।

यस्तै, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

यसैगरी, मन्त्री वाग्लेले ‘आर्थिक वर्ष २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै, बैठकमा आर्थिक वर्ष २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ।

प्रकाशित मिति: ११:२४ बजे, मंगलबार, जेठ १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्