‘प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र घोर आपत्तिजनक छ’
‘हिजो प्रधानमन्त्रीले एउटा कुरा बोल्नुभयो, नेपालको सार्वभौमिकता, नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको यस्तो संवेदनशील विषयमा सम्माननीय प्रधानमन्त्री ज्युले राखेको विषय निन्दनीय छ। घोर आपत्तिजनक छ।’
काठमाडौं, जेठ १८ : नेपाली कांग्रेसका सभापति गागन थापाले आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको‘ भन्दै दिएको अभिव्यक्तिको आलोचना गरेका छन्।
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री बालेनको सो अभिव्यक्ति निन्दनीय र घोर आपत्तिजनक भएको बताए।
‘हिजो प्रधानमन्त्रीले एउटा कुरा बोल्नुभयो, नेपालको सार्वभौमिकता, नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको यस्तो संवेदनशील विषयमा सम्माननीय प्रधानमन्त्री ज्युले राखेको विषय निन्दनीय छ। घोर आपत्तिजनक छ।’
सभापति थापाले प्रधामन्त्रीको यो अभिव्यक्तिको नेपाली कांग्रेसले सम्पूर्ण रूपमा यसको विरोध गर्ने बताए।
सीमा विवादजस्तो संवेदनशील विषयमा देशहरूका निश्चित अडान हुने उनको भनाई छ। ‘देशका अडान हुन्छन्, त्यसका पछाडि केही प्रमाण, कथन हुन्छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ,’ उनले भने।
छिमेकीसँग कूटनीतिक माध्यमबाट समाधान गर्नसकिने सम्भावनालाई प्रधानमन्त्रीको अभिव्यक्तिले क्षीण बनाएको सभापति थापाले बताए।

-1780312076.jpg)