विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरिरहेका छन्।
काठमाडौं, जेठ १८ : सोमबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।
विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरिरहेका छन्।
विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन र तथ्य पेस गर्न माग गरेका छन्।
प्रकाशित मिति: १५:१० बजे, सोमबार, जेठ १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार