‘हचुवामा प्रधानमन्त्रीले अभिव्यक्ति दिन मिल्दैन, नेपालले कसैको भूमि मिचेको छैन’
‘हिजो प्रधानमन्त्रीको उस्थिति छापामार शैलीमा भएको भएको थियो। सदन, व्यवस्था र संविधान नेपाली सहिदहरुले र अग्रजहरूले ठुलो बलिदान दिएर र संघर्ष गरेर ल्याएको व्यवस्था हो। देशका लागि हाम्रो पुर्खाले धेरै रगत बगाएका छन्,’ उनले भने।
काठमाडौं, जेठ १८ : नेकपा एमालेका सांसद ऐनबहादुर महराले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अघिल्लो दिनको संसद् उपस्थितिलाई ‘छापामार शैलीको’ भएको भन्दै उनले लोकतान्त्रिक व्यवस्था, संविधान र संसद् नेपाली जनताको ठूलो बलिदान, संघर्ष तथा सहिदहरूको योगदानबाट स्थापित भएको बताएका हुन्।
‘हिजो प्रधानमन्त्रीको उस्थिति छापामार शैलीमा भएको भएको थियो। सदन, व्यवस्था र संविधान नेपाली सहिदहरुले र अग्रजहरूले ठुलो बलिदान दिएर र संघर्ष गरेर ल्याएको व्यवस्था हो। देशका लागि हाम्रो पुर्खाले धेरै रगत बगाएका छन्,’ उनले भने।
प्रधानमन्त्रीले संसद्बाट ‘छिमेकी मुलुकको भूमि मिचिएको’ भन्ने अभिव्यक्ति हचुवाका भरमा दिएको आरोप लगाएका छन्। उनले उक्त अभिव्यक्ति संसद् हटाउन र प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्ने माग गरे।
‘तर प्रधानमन्त्रीले हचुवाको भरमा सदनबाट भरको भूमि मिचेको छ भनेर अभिव्यक्ति दिनुभयो यो गैरजिम्मेवारी, राष्ट्रघाती अभिव्यक्ति सरह सदनको रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्छ भन्दै सदनको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।
उनले नेपालले कसैको भूमि नमिचेको दाबी गर्दै नेपालको एक इन्च भूमि पनि कसैलाई नदिनेपनि स्पष्ट पारे।