सांसद दुलालको प्रश्न– सभापतिको भ्रमणको पूर्वसन्ध्यामा दिएको अभिव्यक्ति भारतलाई उपहार त होइन्?
‘सभामुखलाई समेत सरप्राइज दिएर प्रधानमन्त्री संसदमा आउनुभयो। आकस्मिक प्रश्नोउत्तरको रुपमा हामीले स्वीकार गरेर भाग लियौं । यसबाट नयाँ भन्ने मित्रहरुलाई गम्भीर शिक्षा मिलेको हुनुपर्छ कि राष्ट्रको प्रमुख पद जोशको मात्र पद होइन्। यो त होस, अनुभव, ज्ञान र जिम्मेवारबोधको पद हो,’ उनले भने।
काठमाडौं, जेठ १८ : नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसले राष्ट्रहितमा असर पारेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति अनुभव, कूटनीतिक मर्यादा र जिम्मेवारीबोधको अभावको परिणाम भएको टिप्पणी गरे।
‘सभामुखलाई समेत सरप्राइज दिएर प्रधानमन्त्री संसदमा आउनुभयो। आकस्मिक प्रश्नोउत्तरको रुपमा हामीले स्वीकार गरेर भाग लियौं । यसबाट नयाँ भन्ने मित्रहरुलाई गम्भीर शिक्षा मिलेको हुनुपर्छ कि राष्ट्रको प्रमुख पद जोशको मात्र पद होइन्। यो त होस, अनुभव, ज्ञान र जिम्मेवारबोधको पद हो,’ उनले भने, ‘बहुमतले दिएको मूर्ख बल, अनुभवको अभाव र कुटनीतिक भाषाको महत्वको अनविज्ञता र स्टन्डशैलीको परकास्ट हिजो राज्यले ठूलो क्षति व्यहोर्नुपर्यो।’
सांसद दुलालले सरकार समर्थक दलका सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमाथि समेत प्रश्न उठाए।
‘सरकारवादी दलका सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री दौडेर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन् रु गम्भीर संसय उत्पन्न भएको छ,’ उनले भने।












-1780312076.jpg)