Kathmandu Press

भारत गए रास्वपा सभापति लामिछाने

पाँच दिन भारतमा रहँदा सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने छन् ।
भारत गए रास्वपा सभापति लामिछाने

काठमाडौं, जेठ १८ : राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन् । 

उनी सोमबार दिउँसो पाँचदिने भ्रमणका लागि आजभारत गएका हुन्। लामिछाने भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भम्रणमा गएका हुन्।

लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य पनि भारत गएका छन्। 

पाँच दिन भारतमा रहँदा सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने छन् ।

प्रकाशित मिति: १३:१२ बजे, सोमबार, जेठ १८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्