Kathmandu Press

ऐन महर, ध्रुव र आर्यन राईले अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले गराए सचेत

‘मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय दिइरहेको छु। व्यवस्था गरिरहेको छु। तर मान्य सदस्यहरुले सदनमा देखाउनु भएको व्यवहारप्रति मेरो ध्यानाकर्षण भएको छ । मान्य सदस्यहरुलाई आफ्नो भाषा सुर्धान म ध्यानाकर्षण गराउँछु,’ सभामुखले भने।
ऐन महर, ध्रुव र आर्यन राईले अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले गराए सचेत
Hardik ivf

काठमाडौं, जेठ १७ : आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद ऐनबहादुर महर र श्रम संस्कृतिका ध्रुवराज राई तथा आरएन राईले मर्यादा कायम नगरेको भन्दै सचेत गराएका छन्।

उनीहरूलाई भाषा सुधार्न सभामुख अर्यालले ध्यानाकर्षण भएको भन्दै सचेत गराएका हुन्।

‘मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय दिइरहेको छु। व्यवस्था गरिरहेको छु। तर मान्य सदस्यहरुले सदनमा देखाउनु भएको व्यवहारप्रति मेरो ध्यानाकर्षण भएको छ । मान्य सदस्यहरुलाई आफ्नो भाषा सुर्धान म ध्यानाकर्षण गराउँछु,’ सभामुखले भने।
 
आइतबार प्रधानमन्त्री बालेन्द्र शाह बोलेर सकेपछि सांसदहरू महर र राईले सभामुखले समय नदिएकै समयमा पनि उठेर अमर्यादित व्यवहार देखाएको भन्दै सभामुख अर्यालले सचेत गराए।

प्रकाशित मिति: १४:४२ बजे, आइतबार, जेठ १७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्