Kathmandu Press

लिपुलेक–लिम्पियाधुराको विवाद समाधानका लागि डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइएको छ : प्रधानमन्त्री

आइतबार नेकपा एमालेको तर्फबाट सांसद पद्मा अर्यालले लिपुलेक लिम्पियाधुराबारे भारत र चीनले गरेको नयाँ समझदारीबारे सरकारको धारणा मागेकी थिइन्। 
लिपुलेक–लिम्पियाधुराको विवाद समाधानका लागि डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइएको छ : प्रधानमन्त्री

काठमाडौं, जेठ १७ : प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक– लिम्पियाधुराको विवादबारे टेबलटक मार्फत समाधान गर्ने जानकारी गराएका छन्।

आइतबार नेकपा एमालेको तर्फबाट सांसद पद्मा अर्यालले लिपुलेक लिम्पियाधुराबारे भारत र चीनले गरेको नयाँ समझदारीबारे सरकारको धारणा मागेकी थिइन्। 

Hardik ivf

त्यसको जवाफमा प्रधानमन्त्री यो विषयमा सरकारले दुवै देशलाई कुटनीतिक नोट दिइसकेको र भारतले यसको जवाफ पनि दिएको जानकारी दिएका हुन्।

‘लिपुलेक लिम्पियाधुराकोको विषयमा सरकारले अफिसियल रुपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइएको छ। जवाफ पनि आएको छ । जवाफमा दुबै देशका सरकारले आफ्नो इतिहास विद्हरु राखेर र आफ्नो भूमिसम्बन्धी जानकारी भएकाहरुलाई राखेर टेबलटक मार्फत यो कुराको समाधान गर्ने कुरा भएको छ,’ उनले भने, ‘यसमा भारत र चीन मात्र नभएर ईंग्ल्यान्ड सरकारसँग पनि कुरा गर्ने छौं । छलफल गरेर सरकारले यो विषयमा समाधान निकाल्ने छौं ।’

प्रकाशित मिति: १४:१२ बजे, आइतबार, जेठ १७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्