Kathmandu Press

‘अहिलेसम्मका आन्दोलन तथा घटनाहरूसँग सम्बन्धित प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्छाैं’

‘आजसम्म नेपाल सरकारलाई बुझाइएका जति पनि प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनलाई एकमुष्ट रुपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने कामकारबाही त्यही हिसाबले गर्छ,’ उनले भने।
‘अहिलेसम्मका आन्दोलन तथा घटनाहरूसँग सम्बन्धित प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्छाैं’

काठमाडौं, जेठ १७ : प्रधानमन्त्री वालेन्द्र शाहले अहिलेसम्मका आन्दोलनसहित सबै घटनाहरूसँग सम्बन्धित प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका छन्।

नेपाली कांग्रेसका सांसद् अर्जुननरसिंह केसीले मानव अधिकार आयोगको प्रतिवेदन कहिले सार्वजनिक र कारबाही गर्नुहुन्छ भन्दै राखेका प्रश्नमा प्रधानमन्त्री शाहले यस्तो जवाफ दिएका हुन्। केसीले भदौ २३–२४ सम्बन्धी प्रतिवेदनको कार्यान्वयनमा प्रश्न उठाएका हुन्।

Hardik ivf

‘मानव अधिकार आयोगको प्रतिवेदन मात्र नभएर भदौै २३ र २४ गतेको मात्र नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरु भएका छन्,’ उनले भने, ‘दमन पनि भएका छन् । प्रतिवेदन पनि धेरै छन्,एउटा मात्र छैन् । विभिन्न आयोगहरु पनि गठन भएका छन् आजसम्म आयोगलाई बुझाएको प्रतिवेदेन सरकारले एकमुष्ठ रुपमा अध्ययन गर्छ र गर्नुपर्ने काम कारवाही त्यही अनुसार गर्छ।’

मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर विभिन्न कालखण्डमा भएका आन्दोलन,र्‍याली लगायतका धेरै प्रतिवेदनहरू भएकोप्रति पनि उनले स्मरण गराए।


 

प्रकाशित मिति: १३:५९ बजे, आइतबार, जेठ १७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्