Kathmandu Press

जवाफ दिन रोष्ट्रममा पुगे प्रधानमन्त्री, विपक्षीको नियमापत्ति

यस्तो व्यवस्था नियमावलीको नियम ५६ मा छ । यसअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने भनेर विपक्षी दलहरूले विरोध गरेका हुन्।
जवाफ दिन रोष्ट्रममा पुगे प्रधानमन्त्री, विपक्षीको नियमापत्ति

काठमाडौं, जेठ १७ : प्रधानमन्त्री बालेन शाह संसद् बैठकमा उपस्थित भएर जवाफ दिन तयार भएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भएका प्रधानमन्त्री बालेन शाह अचानक रोष्ट्रममा पुगेर सांसदहरुको प्रश्नको उत्तर दिन तयार रहेको बाएका छन्। 

Hardik ivf

त्यसपछि सभामखु डिपी अर्यालले दलगत रुपमा प्रश्न सोध्न २ मिनेटको समय माग गरेका थिए।

यसप्रति विपक्षी दलहरूले विरोध गरेका छन्। प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ।

यस्तो व्यवस्था नियमावलीको नियम ५६ मा छ । यसअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने भनेर विपक्षी दलहरूले विरोध गरेका हुन्।

प्रकाशित मिति: १३:४९ बजे, आइतबार, जेठ १७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्