Kathmandu Press

कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो राष्ट्रिय सभा

बैठकमा शून्य समय चल्यो। त्यसपछि सभाध्यक्ष दाहालले विशेष समय नराखिएको जानकारी गराए र, बैठक २० मिनेटपछि बस्ने गरी बैठक स्थगित गरे।
कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो राष्ट्रिय सभा

काठमाडौं, जेठ १७ : राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।

एक घण्टा ढिलो गरी सुरु आइतबारको राष्ट्रियसभा बैठक सभाध्यक्ष नारायाण दाहालले कार्यसूचीमा प्रवेश नै नगरी २० मिनेटका लागि स्थगित गरे।

Hardik ivf

बैठकमा शून्य समय चल्यो। त्यसपछि सभाध्यक्ष दाहालले विशेष समय नराखिएको जानकारी गराए र, बैठक २० मिनेटपछि बस्ने गरी बैठक स्थगित गरे।

बैठकमा आज  प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने  र आजै पारित गर्ने कार्यसूची थियो। 

प्रकाशित मिति: १३:०९ बजे, आइतबार, जेठ १७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्