थाइल्याण्डमा पक्राउ टिकटकर तुल्सा अधिकारी, राति नै काठमाडाैं ल्याइयो
उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ। हनी ट्र्याप र ठगी कसुरमा एक जना पीडितले जाहेरी दिएपछि उनीविरुद्ध अनुसन्धान थालिएको थियो।
काठमाडौं, जेठ १७ : प्रहरीले टिकटकर तुल्सी (तुल्सा) अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेको छ।
प्रहरीले उनलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा थाइल्याण्डमा पक्राउ गरेको हो। प्रहरीले उनलाई शनिबार राति नै काटमाडौं ल्याएको छ।
तुल्सविरुद्ध ठगी, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतमा मुद्दा दर्ता भएको छ। उनीविरुद्ध रेड नोटिस जारी भएको थियो।
उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ। हनी ट्र्याप र ठगी कसुरमा एक जना पीडितले जाहेरी दिएपछि उनीविरुद्ध अनुसन्धान थालिएको थियो।
आज सार्वजनिक बिदा परेकाले उनलाई सोमबार जिल्ला अदालत ललितपुरमा पेस गरिने छ।
प्रकाशित मिति: १२:४० बजे, आइतबार, जेठ १७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार