प्रचण्डलाई निमोनिया, मेडिसिटी अस्पताल भर्ना
‘तीनदेखि सामान्य रुघाखोकी र ज्वरो आएको थियो । आज थप जाँच गर्दा हल्का निमोनिया देखिएपछि आज ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो,’ उनले भने।
काठमाडौं, जेठ १६ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड ‘अस्पताल भर्ना भएका छन्।
हल्का निमोनियाको संकेत देखिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले बताए।
‘तीनदेखि सामान्य रुघाखोकी र ज्वरो आएको थियो । आज थप जाँच गर्दा हल्का निमोनिया देखिएपछि आज ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो,’ उनले भने।
निमोनियाको उपचार अस्पताल नै भर्ना भएर गर्दा राम्रो हुने सुझावपछि अस्पतालमै राखिएको उनले बताए ।
प्रकाशित मिति: १५:३५ बजे, शनिबार, जेठ १६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार