Kathmandu Press

लायन्स क्लबमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन : सभामुख अर्याल

‘संसारमै उत्कृष्ट समाजसेवा गर्नलाई कहलिएको लायन्स क्लबमा राजनीतिको गलत प्रवेश देखें। साच्चै नै समाजसेवाको लागि यसको सुरुवात जसरी भयो आज पनि यो संस्था त्यसैमा निरन्तरता कायम छ। लायन्स संस्था यसैगरी शुद्द रहिरहोस् । जसरी आजसम्म रह्यो त्यसरी निरन्तर रहिरहोस्। यसमा गलत राजनीतिको प्रवेश नहोस्,’ उनले भने।
लायन्स क्लबमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन : सभामुख अर्याल

काठमाडौं, जेठ १६ : सभामुख डोलप्रसाद (डिपी) अर्यालले लायन्स क्लबजस्तो सामाजिक संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने बताएका छन्।

लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको वार्षिक महाधिवेशनलाई सम्बोधन गर्दै सभामुख अर्यालले विश्वमै उत्कृष्ट समाजसेवाका लागि परिचित लायन्स क्लबले आफ्नो मूल उद्देश्यलाई निरन्तरता दिँदै आएको उल्लेख गरे।

Hardik ivf

उनले संस्थामा राजनीतिक प्रभाव नदेखिएको भन्दै आगामी दिनमा पनि यसको शुद्ध सामाजिक चरित्र कायम रहनुपर्नेमा जोड दिए।

‘संसारमै उत्कृष्ट समाजसेवा गर्नलाई कहलिएको लायन्स क्लबमा राजनीतिको गलत प्रवेश देखें। साच्चै नै समाजसेवाको लागि यसको सुरुवात जसरी भयो आज पनि यो संस्था त्यसैमा निरन्तरता कायम छ। लायन्स संस्था यसैगरी शुद्द रहिरहोस् । जसरी आजसम्म रह्यो त्यसरी निरन्तर रहिरहोस्। यसमा गलत राजनीतिको प्रवेश नहोस्,’ उनले भने।

उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना हुँदा विभिन्न देशमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्य भएपनि पछि त्यहाँ राजनीतिकरण भएको उदाहरण प्रस्तुत गर्दै लायन्स क्लब भने त्यस्तो अवस्थाबाट टाढा रहनुपर्ने बताए।

‘विदेशमा बस्ने तमाम नेपालीहरुले गैरआवासीय नेपाली संस्था जन्माउनुभयो। त्यस संस्थाको जन्म हुँदैगर्दा विश्वभरी भएका थोरै नेपालीहरुले गैरआवासीय नेपाली संस्था जन्माउनुभयो। त्यहाँ पनि राजनीतिरकण गरियो। तर लायन्स क्लब समाजसेवाको उद्देश्यले स्थापना भएको संस्था हो । आजसम्म जसरी यसको सामाजिक र सेवामूलक चरित्र कायम छ, त्यसैगरी भविष्यमा पनि रहिरहोस्,’ सभामुख अर्यालले भने।

कार्यक्रममा उनले लायन्स क्लबका गतिविधिलाई सञ्चारमाध्यमले अपेक्षाअनुसार प्राथमिकता नदिएको गुनासो पनि गरे। यद्यपि, महाधिवेशनमा ठूलो संख्यामा सञ्चारकर्मीको उपस्थिति देखेर आफू खुसी भएको बताए।

सभामुख अर्यालले लायन्स क्लबमा आबद्ध भएर समाजसेवामा योगदान दिनु सहज नभएको उल्लेख गर्दै संस्थामा संलग्न सबैलाई धन्यवादसमेत दिए।

प्रकाशित मिति: १२:३१ बजे, शनिबार, जेठ १६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्