Kathmandu Press

सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण 

काठमाडौं, जेठ १५ : सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

धनगढीस्थित प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा थप त....

सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण 

काठमाडौं, जेठ १५ : सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

धनगढीस्थित प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या २० पुगेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए। 
    
नयाँ संक्रमितमध्ये दुई जना कैलाली र एक जना दार्चुलाका छन्। कैलालीको जानकी गाउँपालिका– ४ कञ्चनपुरका २५ र ३० वर्षीय युवकमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो। दुबै जना जानकी गाउँपालिकाको सरस्वती मावि दुर्गौलीस्थित क्वारेन्टिनमा बस्दै आएका थिए।  उनीहरुमध्ये एक जना जेठ १ गते र अर्का जेठ ३ गते भारतबाट आएका थिए। त्यस्तै, दार्चुलामा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

नयाँ संक्रमितमध्ये दुई जनाको टीकापुर र एक जनाको दार्चुला अस्पतालमा उपचारको व्यवस्था मिलाइएको मन्त्री सुवेदीले जानकारी दिए।  सुदूरपश्चिम प्रदेशको कैलालीमा पहिलो कोरोना सङ्क्रमित चैत १४ गते फेला परेका थिए। धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय युवकमा कोरोना देखिएपछि कैलालीमा त्रास बढेको हो। कैलालीमा दुई महिनाको अवधिमा २० जनामा संक्रमण देखिएको छ। 

प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्