महिलामाथि हुने विभेद र हिंसाको अन्त्य गर्न सबैको पक्षको सक्रिय भूमिका आवश्यक छ : राष्ट्रपति
‘महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप उर्जा प्रदान गर्ने विश्वास लिएको छु,’ उनले भने।
काठमाडौं, जेठ १६ : राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने विभेद, हिंसा तथा असमानताको अन्त्य गरी सम्मानजनक र सुरक्षित समाज निर्माण गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।
‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान,’ भन्ने आदर्श वाक्यका साथ मनाउन लागिएको आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आज उनले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरिएको हुन्।
‘महिलामाथि हुने सबै प्रकारका विभेद हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व हो। घर, समाज, कार्यस्थल तथा निर्णय प्रकृयामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवद्र्धन गर्न राज्य तथा नागरिक समाजबीच सहकार्य सुदृढ हुनुपर्ने आवश्यकता देखिन्छ,’ उनले भने।
महिलाको अधिकार सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवद्र्धन गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई सम्मान र थप ऊर्जा प्रदान गर्ने बताएका हुन्।
‘महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप उर्जा प्रदान गर्ने विश्वास लिएको छु,’ उनले भने।












