Kathmandu Press

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन

साथै काठमाडौं चक्रपथ विस्तारअन्तर्गत कलंकी–बसुन्धारा खण्ड विस्तारको काम आगामी वर्षबाट सुरु गरिने र बसुन्धारा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिने जानकारी दिए।
सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडकखण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकतामा राखेको छ।

शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन्।

अर्थमन्त्री वाग्लेले मेची, अरुण, तमोर, भेरी, सेती करिडोर तथा खुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइने बताए।

Hardik ivf

साथै काठमाडौं चक्रपथ विस्तारअन्तर्गत कलंकी–बसुन्धारा खण्ड विस्तारको काम आगामी वर्षबाट सुरु गरिने र बसुन्धारा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिने जानकारी दिए।

सरकारले कर्णाली क्षेत्रको जनजीवन सहज बनाउन जाजरकोटको मुलसामदेखि जुम्लाको टोप्लासुरुङ मार्गसम्म सुरुङ सडक निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ। यस्तै खुर्कोट–चियाबारी, थानकोट–चित्लाङ तथा चिसापानी–बवैया सुरुङमार्ग निर्माणका लागि पनि अध्ययन अघि बढाइने बजेटमा उल्लेख छ।

सडक सुरक्षालाई प्राथमिकता दिँदै प्रमुख सडक चोकमा ट्राफिक संकेत, चोक सुधार, सडक रेखांकन, डिभाइडर जडान तथा मर्मत कार्यलाई निरन्तरता दिन सरकारले २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ।

रेल पूर्वाधारतर्फ बर्दिवासदेखि काठमाडौं–तराई मधेस द्रुतमार्गको प्रस्थान विन्दुसम्म रेलमार्ग निर्माण कार्य अघि बढाइने भएको छ।

साथै निर्माणाधीन विराटनगर–जनकपुर तथा जयनगर–बर्दिवास रेलमार्गको बाँकी काम सम्पन्न गर्न पनि बजेट विनियोजन गरिएको अर्थमन्त्रीले बताए।

सरकारले आगामी वर्षदेखि काठमाडौं उपत्यकासहित प्रमुख सहरी सडकलाई नियमित मर्मत सम्भार गरी धुलो तथा खाल्डाखुल्डीमुक्त बनाउने योजना अघि सारेको छ। राष्ट्रव्यापी सडक मर्मत अभियान सञ्चालन गर्न २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै, राजमार्गका उच्च जोखिमयुक्त क्षेत्रमा जलवायुअनुकूल संरचना निर्माण गरिने तथा पहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन ३ अर्ब १७ करोड रुपैयाँ छुट्याइएको छ।
महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सिसिटिभीसहितको आधुनिक ‘ब्लु बस’ सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइने पनि सरकारले जनाएको छ।

प्रकाशित मिति: १८:०८ बजे, शुक्रबार, जेठ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्