‘राज्यस्रोतको दोहन अन्त्य गर्नु अपरिहार्य’
आर्थिक वर्ष २०८३।०८४ को बजेट प्रस्तुत गर्दै नयाँ राजनीतिक जगमा विपुल जनादेशले असाधारण जिम्मेवारी सुम्पिएको बताए।
काठमाडौं, जेठ १५ : अर्थमन्त्री स्वर्णिम वाग्लेले नीतिगत अन्योल, ढिलासुस्ती, संस्थागत कब्जा र राज्यस्रोतको दोहनको अन्त्य गर्दै परिणाम दिने शासन प्रणाली निर्माण गर्नु आजको आवश्यकता भएको बताएका छन्।
आर्थिक वर्ष २०८३।०८४ को बजेट प्रस्तुत गर्दै नयाँ राजनीतिक जगमा विपुल जनादेशले असाधारण जिम्मेवारी सुम्पिएको बताए।
‘नेपालको राजनीतिमा उमेरको पुस्तान्तरणसँगै राष्ट्रिय जीवनका सबै आयाममा रूपान्तरणको उत्कट प्रतीक्षा छ,”अप्रतिगम्य परिवर्तनले ल्याएको यो अनुकूलतालाई आत्मसाथ गर्दै नीति, कानुन, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व, नियतमा परिष्कारपूर्वक सुशासनका मानक स्थापित गर्न हामी कटिबद्ध छौं,’ उनले भने।
प्रकाशित मिति: १८:०३ बजे, शुक्रबार, जेठ १५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












