Kathmandu Press

श्रद्धा कपूर सामान किन्न मास्क लगाएर पुगिन पसलमा

काठमाडौं, जेठ १५ : बलिउड अभिनेत्री श्रद्धा कपूर दैनिक उपभोग्य सामान खरिद गर्न पसलमा पुगेपनि कसैले चिन्न सकेन्। मास्क लगाएका कारण कसैले चिन्न नसकेकाे उ....

श्रद्धा कपूर सामान किन्न मास्क लगाएर पुगिन पसलमा

काठमाडौं, जेठ १५ : बलिउड अभिनेत्री श्रद्धा कपूर दैनिक उपभोग्य सामान खरिद गर्न पसलमा पुगेपनि कसैले चिन्न सकेन्। मास्क लगाएका कारण कसैले चिन्न नसकेकाे उनले बताएकी छिन्।

कोरोना भाइरसका कारण भारतमा गरिएको लकडाउनका कारण उनी पनि दुई महिनादेखि घरमै थिइन्। घरमै बसिरहेका वेला पनि विभिन्न भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दै आएकी थिइन्।

बिहीबार भने दैनिक उपभोग्य सामान किन्न भाइसँगै पसलमा पुगेको उनले बताएकी छन्। मास्क लगाएर गएकाले कसैले नचिनेको उनले बताएकी छन्।

श्रद्धाले पसलमा सरसामान किनेको तस्बिर पनि सामाजिक सञ्जालमा राखेकी छन्।

उनी पिछल्लो पटक फिल्म ‘बागी–३’मा देखिएकी थिइन्। यो फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थियो।

यद्यपि कोरोना भाइरसको मारमा परेर यस फिल्मका कमाइमा असर परेको छ। अहमद खानको निर्देशन रहेकोे फिल्ममा श्रद्धासँगै टाइगर श्राफ, रितश देशमुखर, अंकित लोखन्डेको अभिनय रहेको थियो।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Shraddha (@shraddhakapoor) on

 

प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्