इन्धन भण्डारण र एआई फ्याक्ट्रिमा लगानी गर्न ‘मातृभूमि कोष’स्थापना गरिने
‘इन्धन भण्डारण र एआई फ्याक्ट्रीलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने नीति लिएका छौं,’ उनले भने।
काठमाडौं, जेठ १५ : सरकारले तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्रीलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने भएको छ।
शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले इन्धन भण्डारण र एआई फ्याक्ट्रीलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने जानकारी दिएका हुन्।
‘इन्धन भण्डारण र एआई फ्याक्ट्रीलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने नीति लिएका छौं,’ उनले भने।
उनले राष्ट्रिय वाणिज्य बैंकमा राज्यको पूँजी वृद्धि गर्ने प्रस्ताव समेत सरकारले अघि सारेको बताए।
त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, नेपाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक तथा स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने घोषणा पनि उनले जानकारी गराए।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न यी प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार र सुदृढ गरिने बताएका हुन्। विदेशी विद्यार्थी समेतलाई पढाउनेगरी सक्षम बनाउने उनको भनाई छ।












