Kathmandu Press

खेलकुदमा ४ अर्ब ३ करोड बजेट

खेलकुदमा ४ अर्ब ३ करोड बजेट

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।

Hardik ivf

सरकारले आगामी पाँच वर्षभित्र देशका प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। 

‘प्रमुख ८ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिनेछ,’ उनले भने।

यस्तै, आगामी तीन वर्षभित्र विराटनगर, लाहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार क्षमताका इन्डोर बहुउद्देश्यीय स्टेडियम निर्माण गरिने पनि अर्थमन्त्री वाग्लेले बताएका छन् ।

प्रकाशित मिति: १७:३२ बजे, शुक्रबार, जेठ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्