Kathmandu Press

वीर, पाटन र टिचिङलाई विश्वविद्यालयको रूपमा विकास गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गर्ने बताए।
वीर, पाटन र टिचिङलाई विश्वविद्यालयको रूपमा विकास गर्ने

काठमाडौं, जेठ १५ : सरकारले तीन प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय विकास गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गर्ने बताए।

‘यी अस्पतालमा विदेशी विद्यार्थीलाई समेत शिक्षा प्रदान गर्ने सक्षम बनाउनेछौं,’ वाग्ले भने।

यस्तै, सरकारले जलनको उपचार सहज बनाउन कीर्तिपुर अस्पताल र वीर अस्प्तालको क्षमता बढाउने घोषणा गरेको छ।

प्रकाशित मिति: १७:२३ बजे, शुक्रबार, जेठ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्