Kathmandu Press

बैंकको खराब कर्जा व्यवस्थापन गर्न  पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी खुल्ने

‘बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तभित्र स्थापना गर्नेछौं,’ उनले भने।
बैंकको खराब कर्जा व्यवस्थापन गर्न  पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी खुल्ने

काठमाडौं, जेठ १५ : बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जा तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सरकारले पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी खडा गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरे।

Hardik ivf

‘बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तभित्र स्थापना गर्नेछौं,’ उनले भने।

यस्तै,  सरकारले अनौपचारिक क्षेत्रका श्रमिकको सिपलाई औपचारिक सिपको मान्यता दिने घोषणा गरेको छ। अर्थमन्त्री वाग्लेले उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गरिने बताए।

राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाई मान्यता लागू गरी प्रवासी, अनौपचारिक तथा अनुभव श्रमिकको सिपलाई औपचारिक मान्यता दिने मन्त्री वाग्लेले बताए ।

पारिश्रमिकसहितको इन्टर्नसिप प्रणालीलाई संस्थागत गरिने समेत बताए।

प्रकाशित मिति: १७:२० बजे, शुक्रबार, जेठ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्