Kathmandu Press

नेपाल टेलिकमको ३४ प्रतिशत सेयर सर्वसाधारणलाई दिइने

‘नेपाल टेलिकमको ६६ प्रतिशत सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउने उपयोग गर्नेछौँ,’ उनले भने। 
नेपाल टेलिकमको ३४ प्रतिशत सेयर सर्वसाधारणलाई दिइने

काठमाडौं, जेठ १५ : सरकारले नेपाल टेलिकमको ६६ प्रतिशत सेयरमात्र सरकारसँग कायम राखेर बाँकी सेयर जनस्तरमा बिक्री गर्ने भएको छ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने बजेट भाषाणमार्फत यस्तो घोषणा गरे।

सेयर बिक्रीबाट प्राप्त रकमलाई नेपाललाई टेक हब बनाउन उपयोग गर्ने उनले बताए। 

‘नेपाल टेलिकमको ६६ प्रतिशत सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउने उपयोग गर्नेछौँ,’ उनले भने। 

यस्तै, सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ।

प्रकाशित मिति: १७:१४ बजे, शुक्रबार, जेठ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्