Kathmandu Press

राष्ट्रिय राजनीतिक दललाई अनुदानका लागि बहस चलाइने

‘राजनीतिक दलहरुलाई उनीहरूले पाएको पछिल्लो मतका आधारमा राज्यकोषबाट अनुदान दिनेवारे व्यापक बहस गराइनेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘त्यसरी परिचालित रकमको महालेखा परीक्षकले लेखापरीक्षण गरिनेछ।’
राष्ट्रिय राजनीतिक दललाई अनुदानका लागि बहस चलाइने

काठमाडौं, जेठ १५ : सरकारले राष्ट्रिय राजनीतिक दललाई अनुदान दिन बहस चलाउने भएको छ। 

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो बहस चलाउने घोषणा गरेको हो। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै मतको आधारमा राष्ट्रिय अनुदान दिने प्रणाली विकास गर्ने बताए।

‘राजनीतिक दलहरुलाई उनीहरूले पाएको पछिल्लो मतका आधारमा राज्यकोषबाट अनुदान दिनेवारे व्यापक बहस गराइनेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘त्यसरी परिचालित रकमको महालेखा परीक्षकले लेखापरीक्षण गरिनेछ।’

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, जेठ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्