Kathmandu Press

भिजन काठमाडौं–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गरिने

संघीय संसदको संयुक्त बैठटमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अण्डरपास, ओभरपास, विद्युतीय तार भूमिगत, खुला क्षेत्र विकाससहितका योजना एकीकृत रुपमा गरिने बताए।
भिजन काठमाडौं–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गरिने

काठमाडौं, जेठ १५ : सरकारले भिजन काठमाडौंको–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ।

संघीय संसदको संयुक्त बैठटमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अण्डरपास, ओभरपास, विद्युतीय तार भूमिगत, खुला क्षेत्र विकाससहितका योजना एकीकृत रुपमा गरिने बताए।

उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालनको योजनासहित स्मार्ट अर्बन मोवालिटी सुरु गरिने भएको छ।

पोखरामा विद्युतीय बसले सार्वजनिक यातायात विस्थापित गरिने घोषणा समेत उनले गरे।

प्रकाशित मिति: १७:०७ बजे, शुक्रबार, जेठ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्