Kathmandu Press

सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो स्सभापति थापा

‘सुकुम्बासीको समस्या हल गर्न नेपालको संविधानमा आवासको हक सुनिश्चित गरिएको छ,’ थापाले भने, ‘कानुन अनुसार सुकुम्बासीको व्यवस्थापन गर्नुपर्नेमा हठात्मा उठाउने काम भयो।’
सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो स्सभापति थापा

काठमाडौं, जेठ १५ : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भूमिहिन, सुकुम्बासीको व्यवस्थापनमा सरकार चुकेको बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार आयोजना गरेको विस्थापनको व्याकुलताः सहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक संघर्षको विश्लेषण ग्रिन टेबल छलफल कार्यक्रममा यस्तो बताएका हुन् बोल्दै उनले बाहिरबाट हेर्दा खोला किनारको अव्यवस्थित बस्ती देखिएपनि नागरिकको लागि सबै थोक त्यही भएको थापाले बताए।

‘सुकुम्बासीको समस्या हल गर्न नेपालको संविधानमा आवासको हक सुनिश्चित गरिएको छ,’ थापाले भने, ‘कानुन अनुसार सुकुम्बासीको व्यवस्थापन गर्नुपर्नेमा हठात्मा उठाउने काम भयो।’

खोलाको छेउमा कुनै सुकुम्बासी रहरले नभई बाध्यताले बसेकाले मानवीय सम्बेदना ध्यानदिनुपर्ने थापाले बताए। ‘भूमिहिन, सुकुम्बासीलाई कहाँ कसरी सार्ने व्यवस्थित योजना बनाएर सार्नुपथ्र्यो,’ थापाले भने, ‘राति सुतेका सुकुम्बासीका टहरा विहान उठ्दा डोजर लगेर भत्काउनु अमानवीय कार्य हो।’

सरकारले गरिवीका विरुद्ध काम गर्नुपर्नेमा गरिबका विरुद्धमा काम गरेको टिप्पणी गरे । ‘गरिवी र गरिव फरक विषय हुन्,’ थापाले भने, ‘कोही पनि रहरले गरिब हुँदैन।’

सभापति थापाले सुकुम्बासी तथा भूमिहीन समुदायका समस्यालाई संवेदनशील र मानवीय ढंगले समाधान गर्नुपर्ने आवश्यकता औँल्याए । सफाइ वा व्यवस्थापनको नाममा नागरिकलाई घरबारविहीन बनाउनु उपयुक्त नहुने उनको धारणा थियो।

सरकारको कार्यप्रणालीप्रति टिप्पणी गर्दै थापाले प्रतिपक्षको भूमिकाबाट सरकारलाई सचेत गराउनु र सही दिशा देखाउनु आफ्नो दायित्व भएको बताए।


बसोबास असुरक्षित हुँदा, बालबालिकाको शिक्षा र दैनिकी अनिश्चित बन्दा प्रभावित परिवारमा तनाव, चिन्ता र अवसादजस्ता मानसिक समस्या बढ्दै गएको उनले उल्लेख गरे।

प्रकाशित मिति: १६:४५ बजे, शुक्रबार, जेठ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्