Kathmandu Press

बजेटमार्फत ३१ निकाय खारेज, १८ निकायको पुनसंरचना

‘सरकारी संरचना चुस्त बन्नेछ। दरबन्दी कटौती गरिनेछ, ३१ निकाय खारेज हुनेछ, १८ निकायको पुनर्संरचना हुनेछ,’ उनलेृ भने।
बजेटमार्फत ३१ निकाय खारेज, १८ निकायको पुनसंरचना

काठमाडौं, जेठ १५ : सरकारले बजेटमार्फत ३१ निकाय खारेज गर्ने घोषणा गरेको छ। 

शुक्रबार बसेको संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी संरचना चुस्त बनाउन उक्त निर्णय लिइएको बताए।

‘सरकारी संरचना चुस्त बन्नेछ। दरबन्दी कटौती गरिनेछ, ३१ निकाय खारेज हुनेछ, १८ निकायको पुनर्संरचना हुनेछ,’ उनलेृ भने।

अनावश्यक संरचना र निकाय खारेजबाट २० अर्ब बचत हुने अनुमान छ।

यस्तै, अर्थमन्त्री वाग्लेले नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थाको सहजीकरण गरिएको बताए। आक्रामक सुधारको योजनाका साथ सरकार पूजिगत खर्चको गति र लय फेर्न प्रतिबद्ध रहेको उनले बताए।

प्रकाशित मिति: १६:४४ बजे, शुक्रबार, जेठ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्