Kathmandu Press

करका दरमा बृहत पुनरावलोकन

३६० वस्तुको अन्तशूल्क खारेज गरिएको छ। भन्सार विन्दुमा संकलन हुने छरिएका करलाई एकीकृत हरित करमा रुपान्तरण गरिएको छ।
करका दरमा बृहत पुनरावलोकन

काठमाडौं, जेठ १५ : सरकारले अहिले ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ। 

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन्।

उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाइएको छ। 

कुल २७३ वस्तुमा भन्सार दर घटेको उनले बताए। ३६० वस्तुको अन्तशूल्क खारेज गरिएको छ। भन्सार विन्दुमा संकलन हुने छरिएका करलाई एकीकृत हरित करमा रुपान्तरण गरिएको छ।

‘आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत बसाल्न खोजिएको थिती, र सर्वाङ्गणी विकासको जगसँग सम्बन्धित केही उल्लेखित सुधारहरु घोषणा गर्दछु । उद्यम व्यवसायलाई राहत, मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशिल बनाउन करका दरमा वृहत्त पुनरावलोकन गरेको छु । करको बोझ घटाउन, आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि १० लाख रुपैयाँ पुर्याएको छु । व्यक्तिगत आय करको अधिकतम दरलाई १० प्रतिशत विन्दुले घटाएको छु । औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तिमा एक तह न्यून हुनेगरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु । विद्यमान ११ तहको भन्सार दरलाई ७ तहमा सिमित गरेको छु । हाल ३६० वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेको छु,’ उनले भने।

प्रकाशित मिति: १६:३७ बजे, शुक्रबार, जेठ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्