माइतीघरमा सुकुम्बासीको नारा– गणतन्त्र जिन्दावाद, गन तन्त्र मुर्दावाद
उनीहरुले ‘गणतन्त्र जिन्दावाद, गन तन्त्र मुर्दावाद’, ‘जनता मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’, ‘घर खोस्ने शासक चाहिँदैन’ ‘जनविरोधी निर्णय मान्दैनौं’ र ‘डोजर होइन समाधान दे, सुकुम्बासीलाई सम्मान दे’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाए।
काठमाडौं, जेठ १५ : संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, वृहत नागरिक आन्दोलन र जेन–जेड मुभमेन्ट अलायन्सले शुक्रबार माइतीघरमा प्रदर्शन गरेका छन्।
माइतीघर मण्डलामा उनीहरुले कविता, नाटक, वक्तव्य तथा सिठ्ठी जुलुससहित प्रदर्शन गरेका छन्।
उनीहरुले ‘गणतन्त्र जिन्दावाद, गन तन्त्र मुर्दावाद’, ‘जनता मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’, ‘घर खोस्ने शासक चाहिँदैन’ ‘जनविरोधी निर्णय मान्दैनौं’ र ‘डोजर होइन समाधान दे, सुकुम्बासीलाई सम्मान दे’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाए।

प्रकाशित मिति: १५:४७ बजे, शुक्रबार, जेठ १५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार