कोरियामा कोरोनाको दोस्रो लहरको चेतावनी, जमघटमा फेरि रोक
काठमाडौं, जेठ १५ : दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको दोस्रो लहरको चेतावनी दिइएको छ। जसले गर्दा दूरी कामय राख्न र मास्क लडाउन कडाइ गरिएको छ।
....
काठमाडौं, जेठ १५ : दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको दोस्रो लहरको चेतावनी दिइएको छ। जसले गर्दा दूरी कामय राख्न र मास्क लडाउन कडाइ गरिएको छ।
कोरोनाको संक्रमण बढ्न थालेपछि दुई हप्ता फेरि कडाइ गरिन लागेको कोरियाका स्वास्थ्यमन्त्री पार्क न्यून हूले बताएका छन्। बिहीबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद बैठकले अर्को दुई हप्ता कडाइ गर्ने निर्णय गरेको द कोरियन हेराल्डले उल्लेख गरेको छ।
अबको दुई हप्ता सिओल, इन्चाङ र जिओंगीमा दूरी कायम राख्न र मास्क लगाउन निर्देशन दिइएको छ। त्यस्तै, ठूला शहरहरुमा पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ।
त्यस्तै, धेरै मान्छेको जमघट हुने रात्रिकालिन व्यवसाय, धार्मिक संस्था, संग्रहालय, थिएटर, पार्क अझै दुई साता बन्द नै राखिने भएका छन्। त्यस्तै, प्राथमिक विद्यालय, गेम क्याफे पनि बन्द गरिने भएका छन्।
स्वास्थ्यमन्त्री पार्कले कोरोना वरिपरि नै भएकाले दूरी कामय राख्न, मास्क लगाउन, नियमित हात सफा गर्न आग्रह गरेका छन्।
चीनको वुहानमा कोरोना देखिएको केही सयममा नै कोरियामा पनि संक्रमण देखिएको थियो। तर, कोरियाले संक्रमण फैलिन दिएको थिएन्। गत सातादेखि नियमित कामकाज सुरु भएका थिए।
तर, फेरि कोरोना संक्रमण देखिन थालेको छ। आज मात्रै ७९ जनामा संक्रमण देखिएको छ। त्यस्तै, बुधबार ४० जनामा संक्रमण देखिएको थियो। जसले गर्दा कोरियाको स्वास्थ्य मन्त्रालयले कोरोनाको दोस्रो लहर आउनसक्ने जनाउँदै सतर्कता अपनाउन थालेको हो।
अहिलेसम्म कोरियामा ११ हजार तीन सय ४४ जनामा संक्रमण देखिएको छ। जसमध्ये १० हजार तीन सय ४० जना निको भएका छन्। कोरोनाबाट दुई सय ६९ जनाको मृत्यु भएको छ।











