Kathmandu Press

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस

उनले अनुसन्धान प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने उल्लेख गर्दै पहिले पक्राउ गरेर पछि अनुसन्धान गर्ने शैली ‘मिडिया स्टन्ट’ जस्तो देखिएको टिप्पणी पनि गरिन्।
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस

काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई गैरजिम्मेवारीपूर्ण व्यवहारका रूपमा लिएको जनाएको छ।

बिहीबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले हालसम्मको अभ्यासअनुसार गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नियमित हुने परम्परा रहेको भन्दै यसपटकको अनुपस्थितिले प्रश्न उठाएको बताइन्।

Hardik ivf

‘गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयलाई जनताप्रतिको अनुत्तरदायी र गैरजिम्मेवारीको रुपमा नै लिन्छु । किनकी अहिलेसम्मको अभ्यास यो भएको छैन् । उहाँले आफू आउन नसक्ने कारण बताइदिनुपर्ने थियो,’ उनले भनिन्, १अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठीक छैन या म बाहिर जाँदै छु भनेर कारण देखाइदिनुभएको भए हुन्थ्यो।’

त्यस्तै थापाले कानुनी प्रक्रिया र अनुसन्धानको विषयमा टिप्पणी गर्दै सबैलाई कानुनको दायरामा ल्याउनुपर्ने कांग्रेसको धारणा रहेको बताइन्।

उनले अनुसन्धान प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने उल्लेख गर्दै पहिले पक्राउ गरेर पछि अनुसन्धान गर्ने शैली ‘मिडिया स्टन्ट’ जस्तो देखिएको टिप्पणी पनि गरिन्।

‘जति भदौ २३ मा संलग्न हुनुहन्छ २४ गते पनि त्यति नै हुनुन्छ । कानुन सम्मत जानुहुन्छ भने कानुनभन्दा माथि कोही पनि हुँदैन। नेपाली कांग्रेसले कानुनसम्मत जो कोही आउँछ भने हुने स्वीकार गर्छ। पहिले समात्ने अनि अनुसन्धान गर्ने जस्तो मिडिया स्टन्ट जस्तो भएको छ । सत्य तथ्य छानबिन गरेर कानुनसम्मत रूपमा अगाडि बढ्नुपर्छ,’ उनले भनिन्।

प्रकाशित मिति: १८:०५ बजे, बिहीबार, जेठ १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्