एकताका लागि कुलमानलाई हर्क साम्पाङको प्रस्ताव
‘केपी ओली र प्रचण्ड मिल्नसक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने? मिल्नुपर्छ भनेर मैले हिजो निम्तो पठाएको छु,’ उनले भनेका छन्।
काठमाडौं, जेठ १४ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग पार्टी एकताको प्रस्ताव गरेका छन्। उ
उनले सामाजिक सञ्जालमार्फत एकताको प्रस्ताव गरेका हुन्। उनले आफूले एकताका लागि प्रस्ताव पठाइकेको बताएका छन्।
‘केपी ओली र प्रचण्ड मिल्नसक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने? मिल्नुपर्छ भनेर मैले हिजो निम्तो पठाएको छु,’ उनले भनेका छन्।
केही दिनअघि प्रलोपा त्यागेका सुदन किँराती श्रम संस्कृति पार्टीमा समाहित भएका छन्।
प्रकाशित मिति: १४:३१ बजे, बिहीबार, जेठ १४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार