Kathmandu Press

नेपाली कांग्रेस नीति प्रतिष्ठानको गठन गर्यो विषयगत उपसमिति

नीति, दृष्टि र योजना उपसमितिको संयोजकमा प्रा.डा.गोविन्दराज पोख्रेल र जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी चयन भएका छन्।
नेपाली कांग्रेस नीति प्रतिष्ठानको गठन गर्यो विषयगत उपसमिति

काठमाडौं, जेठ १४ : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठकले सातवटा विषयगत उपसमिति गठन गरेको छ।

बुधबार केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठकले बैठकले सातवटा विषयगत उपसमिति गर्दै संयोजकहरू चयन गरेको हो।

Hardik ivf

जसमध्ये नीति, दृष्टि र योजना उपसमितिको संयोजकमा प्रा.डा.गोविन्दराज पोख्रेल र जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी चयन भएका छन्।

यसैगरी, नवयुवा भावना, मुद्दा तथा अन्तरपुस्ता संवाद एवं समन्वय उपसमितिको संयोजकमा मीनबहादुर भाम र अनौपचारिक क्षेत्रका श्रमिकः नीति र न्याय सम्बन्धी उपसमितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन्।

यस्तै, बाल अधिकार उपसमितिको संयोजकमा उमंग लोहनी, सार्वजनिक सेवा प्रवाहः नीति र थिती संवाद उपसमितिको संयोजकमा गोपालप्रसाद पोख्रेल र गैर सरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिको संयोजकमा अञ्जु झा चयन छन्।

बैठक पार्टीका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यतामा तथा प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको थियो।
 

प्रकाशित मिति: १३:३८ बजे, बिहीबार, जेठ १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्