कांग्रेस संसदीय दलको बैठक आज बस्दैं
बिहान ११ः३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ ।
काठमाडौँ, जेठ १४ : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।
बिहान ११ः३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ।
कांग्रेसले आफ्ना सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन सूचित गरेको छ।
प्रकाशित मिति: ०८:४२ बजे, बिहीबार, जेठ १४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार