दुर्गा प्रसाईंमाथि पनि छानविन सिफारिस
आयोगले भदौ २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा संलग्नता रहे–नरहेको विषयमा सुक्ष्म अनुसन्धान गर्न भनेको छ।
काठमाडौं, जेठ १३ : भदौ २३ र २४ को घटनामा राष्ट्रिय मानवअधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस गरेको छ।
प्रसाईंले जेनजी अभियन्तासँगै सामाजिक सञ्जालमार्फत भड्काउ अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय अनुसन्धान विभागले दिएको प्रतिवेदनलाई समेत आधार मानेर ‘दुरुत्साहन’मा सुक्ष्म छानविन गर्न सिफारिस गरेको हो।
आयोगले भदौ २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा संलग्नता रहे–नरहेको विषयमा सुक्ष्म अनुसन्धान गर्न भनेको छ।
‘अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव नपरेको सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भएरनभएको वा सोको दुरुत्साहन भएरनभएको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरी, सम्बन्धित व्यक्ति तथा आमनागरिकलाई सुसुचित गराई उल्लिखित व्यक्तिहरूको स्वच्छ सुनुवाइको हक अधिकारको सुनिश्चतसहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्नु,’ भदौ २३ र २४ गतेको घटनाका बारेमा आयोगले सर्वाजनिक गरेको प्रतिवेदनमा भनिएको छ।












