Kathmandu Press

भदौ २३ र २४ को घटनामा निश्चन बस्नेत, भिक्टर पौडेलमाथि छानविन गर्न सिफारिस

लिली थापा संयोजकत्वमा गठन भएको आयोगको एक समितिले प्रदर्शन भड्काउन बल पुर्‍याएको देखिएकाले उनीहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको हो।
भदौ २३ र २४ को घटनामा निश्चन बस्नेत, भिक्टर पौडेलमाथि छानविन गर्न सिफारिस
Hardik ivf

काठमाडौं, जेठ १३ : भदौ २३ र २४ घटनामा राष्ट्रिय मानव अधिकार आयोगले निर्देशक निश्चत बस्ने,  ‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजका सञ्चालक भिक्टर पौडेललगायतले छानविन गर्न सरकारलाई सिफारिस गरेको छ। 

‘जेनजी’ आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लंघनका घटना छानबिन गर्न लिली थापा संयोजकत्वमा गठन भएको आयोगको एक समितिले प्रदर्शन भड्काउन बल पुर्‍याएको देखिएकाले उनीहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको हो।

आयोगले आफ्नो प्रतिवेदन बुधबार सर्वाजनिक गर्दै उनीहरुसहित युट्युबर भाग्य न्यौपाने, टंक दाहाल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रवि किरण हमालमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ।

प्रकाशित मिति: १७:०९ बजे, बुधबार, जेठ १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्