Kathmandu Press

पूर्वगृहमन्त्रीसहित रास्वपाका १६ सांसदमाथि छानविन गर्न मानव अधिकार आयोगको सिफारिस

मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनले पूर्वगृहमन्त्री सुदन गुरुङसहित रास्वापाका १० सांसदमाथि छानविन गर्न सिफारिस गरेको छ।
पूर्वगृहमन्त्रीसहित रास्वपाका १६ सांसदमाथि छानविन गर्न मानव अधिकार आयोगको सिफारिस

काठमाडौं, जेठ १४ : भदौ २३ र २४ गतेको घटनामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका १० सांसदमाथि छानविन गर्न राष्ट्रिय मानवअधिकार आयोगले सिफारिस गरेको छ। 

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनले पूर्वगृहमन्त्री सुदन गुरुङसहित रास्वापाका १० सांसदमाथि छानविन गर्न सिफारिस गरेको छ।

आज सर्वाजनिक प्रतिवेदनमा उनीहरुमाथि छानबिन गरी दोषी देखिए कारबाही गर्न सिफारिस गरेको गरिएको छ। 

छानविनको सिफारिसमा पर्नेहरुमा रास्वपा प्रवक्ता तथा सांसद मनिष झा, हरि ढकाल, दीपक बोहोरा, कृष्ण कार्की, डा. तोसिमा कार्की, केपी खनाल, ज्वाला संग्रौला, राजीव खत्री, पूर्वमन्त्री तथा सांसद बल्लु गुप्ता, पुरुषोत्तम यादव, गणेश कार्की, सुलभ खरेल, आशिका तामाङ, शोम शर्मा, शिव यादव छन्।

आयोगले शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै प्रशासनबाट अनुमति लिए पनि हिंसात्मक हुँदै जाँदा पूर्वगृहमन्त्री गुरुङलगायतले रोक्न नसकेको भन्दै छानविन गर्न निर्देशन दिएको हो। 
 

प्रकाशित मिति: १७:०१ बजे, बुधबार, जेठ १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्