बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, जेठ १५ : आज आगामी आर्थिक वर्षको बजेट आउन लागेको छ। त्यसको अनुमोदन गर्नका लागि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
प्रधानमन....

काठमाडौं, जेठ १५ : आज आगामी आर्थिक वर्षको बजेट आउन लागेको छ। त्यसको अनुमोदन गर्नका लागि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ। बैठकले बजेट अनुमोदन गर्ने जनाएको छ।
आजै अपराह्न ४ बजे संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट पेश गर्न लागिएको छ। त्यसका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै छ।
संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७र७८ को बजेट पेश गर्नेछन्।
प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











