न्यायिक छानबिन आयोगका अध्यक्षमाथि छानविन गर्न मानव अधिकार आयोगको सिफारिस
सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम उनीलगायत व्यक्तिहरुबाट भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न सिफारिस गर्ने निर्णय आयोगले गरेको हो।
काठमाडौं, जेठ १३ : सुशीला कार्की नेतृत्वको सरकारले भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गनठ गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की माथि नै छानविन गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ।
२३ र २४ भदौको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा कार्कीको संलग्नता रहे–नरहेको तथा उनको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे–नपरेको विषयमा छानबिन गर्न ‘जेनजी आन्दोलन’ सम्बन्धी प्रतिवेदनमार्फत आयोगले सिफारिस गरेको हो।
सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम उनीलगायत व्यक्तिहरुबाट भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न सिफारिस गर्ने निर्णय आयोगले गरेको हो।
जेनजी आन्दोलनका क्रममा कार्कीले सामाजिक सञ्जालहरूमा भड्काउ अभिव्यक्ति दिएको भन्दै विरोध भएको थियो। सरकारले उनै कार्कीलाई छानबिन आयोगको अध्यक्ष नियुक्त गरेको थियो।
आयोगले २३ भदौका घटनाको मात्रै छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो।