Kathmandu Press

प्रतिनिधिसभामा ‘चलचित्र विधेयक, २०८२’ प्रस्तुत, सैद्धान्तिक छलफल सुरु

‘अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो उपस्थिति केवल सांस्कृतिक रूपमा मात्र सीमित छैन। अहिले विश्वलाई हेर्ने हो भने सशक्त संवादको माध्यम सिनेमा, सङ्गीत, साहित्य र संस्कृति बनिरहेका छन्। यसले सिर्जनशील पहिचानसँगै सांस्कृतिक कूटनीतिक सुधारको अवसर पनि दिइरहेको हुन्छ,’ उनले भनिन्।
प्रतिनिधिसभामा ‘चलचित्र विधेयक, २०८२’ प्रस्तुत, सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ १३ : सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले ‘चलचित्र विधेयक, २०८२’ छलफलका लागि प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। बुधबार बसेको बैठकमा मन्त्री तिमल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।

विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद रिमा विश्वकर्माले सिनेमा, सङ्गीत, साहित्य र संस्कृति अहिले विश्वव्यापी संवादको शक्तिशाली माध्यम बनेको बताइन्। 

Hardik ivf

‘अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो उपस्थिति केवल सांस्कृतिक रूपमा मात्र सीमित छैन। अहिले विश्वलाई हेर्ने हो भने सशक्त संवादको माध्यम सिनेमा, सङ्गीत, साहित्य र संस्कृति बनिरहेका छन्। यसले सिर्जनशील पहिचानसँगै सांस्कृतिक कूटनीतिक सुधारको अवसर पनि दिइरहेको हुन्छ,’ उनले भनिन्।

चलचित्र विधेयकमाथि सदनमा सैद्धान्तिक छलफल सुरु हुनु सकारात्मक भएको उल्लेख गर्दै उनले कार्यान्वयनको पक्षलाई लिएर चिन्ता व्यक्त गरिन्। उनले भनिन्, ‘म अत्यन्त हर्षित छु, म जनप्रतिनिधि बनेर आएको बेला यस सदनमा चलचित्र विधेयकको सैद्धान्तिक छलफल सुरु भएको छ। तर, विधेयक पारित भएपछि पनि नियमावली र कार्यविधिको नाममा कार्यान्वयन ढिलो हुने हो कि भन्ने चिन्ता छ। विधेयक पारित भएलगत्तै छिट्टै कार्यान्वयन हुने वातावरण बनोस्।’

त्यसैगरी, सांसद बासना थापाले चलचित्र विकास बोर्डलाई सिर्जनशील उद्योगसँग जोडिएको संवेदनशील निकायका रूपमा हेर्नुपर्ने बताइन्। 

‘चलचित्र विकास बोर्ड कुनै सामान्य प्रशासनिक निकाय होइन। यो सिर्जनशील उद्योगको नियामक पनि हो, जहाँ कलाको स्वतन्त्रता र राज्यको नियन्त्रणबिचको सन्तुलन सबैभन्दा संवेदनशील प्रश्न हो,’ उनले भनिन्।

उनले विश्वभर चलचित्र नियामक निकायलाई प्रशासनिक मात्रै नभई सांस्कृतिक र सुशासनको दृष्टिकोणबाट पनि हेरिने स्पष्ट पारिन्।

प्रकाशित मिति: १५:१५ बजे, बुधबार, जेठ १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्