Kathmandu Press

स्थानीय तह हाम्रो पहिचान हो : नेता सापकोटा

‘स्थानीय तह हाम्रो पहिचान हो । दलाल पुर्जीवादी, एकाधिकार बादी, संस्कृतिका विरुद्ध वैचारिक लडाइको मोर्चा हो । हाम्रो जनप्रतिनिधि सासम होइनन् जनताका सेवाक हुन् र रूपान्तरणका संम्वाद हुन् भन्ने तथ्य छ । हामीले व्यवहारीत बाटै प्रमाणित गर्नु पर्दछ,’ उनले भने।
स्थानीय तह हाम्रो पहिचान हो : नेता सापकोटा

काठमाडौं, जेठ १३ : नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले स्थानीय तहलाई जनताको पहिचान, सेवा र रूपान्तरणको मुख्य आधार भएको बताएका छन्।

जनप्रतिनिधिहरुको प्रशिक्षण भेलामा जनप्रतिनिधिहरू सांसद वा शासक नभई जनताका सेवक र समाज रूपान्तरणका संवाहक भएको उल्लेख गर्दै उनले त्यसलाई व्यवहारबाट प्रमाणित गर्नुपर्ने बताएका हुन्।

Hardik ivf

‘स्थानीय तह हाम्रो पहिचान हो । दलाल पुर्जीवादी, एकाधिकार बादी, संस्कृतिका विरुद्ध वैचारिक लडाइको मोर्चा हो । हाम्रो जनप्रतिनिधि सासम होइनन् जनताका सेवाक हुन् र रूपान्तरणका संम्वाद हुन् भन्ने तथ्य छ । हामीले व्यवहारीत बाटै प्रमाणित गर्नु पर्दछ,’ उनले भने।

सापकोटाले बाँकी कार्यकालमा स्थानीय तहले गुणात्मक उपलब्धि हासिल गर्न अधिकतम प्रयास गर्नुपर्ने बताए।

सापकोटाले सुशासन, विकास र प्रभावकारी सेवा प्रवाहलाई स्थानीय तहको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए। यी तीन पक्ष एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उनले स्थानीय सरकारको प्रभावकारिता, जनविश्वास र समृद्धिको आधार भएको बताए।

‘बाकी कार्यकालमा गुणात्मक हासिल गर्ने हाम्रो अधिकतम प्रयास हुनुपर्दछ। सुशासन र विकास सेवा प्रवाह स्थानीय तहको प्रमुख प्राथमिकता घुसान विकासका सेवा प्रवाह हुनु पर्दछ । यी तिनै पक्ष एका अर्का्सँग अन्तर सम्बन्धित छन्। स्थानीय सरकारको प्रभावकारिता, जनविश्वास तथा संवृद्धिको आधार पनि यिनै हुन्,’ उनले भने।

शासन प्रणालीलाई जनमैत्री, सेवामुखी, प्रभावकारी तथा परिणाममुखी बनाउन आजको आवश्यकता रहेको उनले बताए। साथै सेवा प्रवाहलाई छिटो, सरल र पहुँचयोग्य बनाउँदै भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती तथा प्रशासनिक झन्झटलाई पूर्ण रूपमा नियन्त्रण गर्ने दिशामा ठोस कदम चाल्नुपर्नेमा उनले जोड दिए।

‘शुसानलाई स्थानीय सरकार सञ्चालन मूल आधारको रूपमा स्थापित गदै शासन प्रचालीलाई जनमैत्री, सोवा मुखी, प्रभावकारी, परिणाम मुखी बनाउनु आजको अनिवार्य आवश्यकता हो,’ उनले भने, ‘सोवा प्रवाहलाई छिटो र सर पहुँच योग्य बनाउँदै भ्रष्टाचार अनियतता धिला सुस्ती र प्रशासनिक झन्झट पुर्नरुपमा नियन्त्रण बनाउने दिसा डोटा कदम चाल्नु पर्दछ।’

प्रकाशित मिति: १५:३७ बजे, बुधबार, जेठ १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्