Kathmandu Press

कोशी प्रदेशसभामा नेकपा सांसद राजेन्द्र राईको हंगामा, रोस्ट्रमको माइक फाल्ने प्रयासपछि बैठक स्थगित

प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि राई माइक फाल्न रोस्ट्रमै पुगेका थिए। 
कोशी प्रदेशसभामा नेकपा सांसद राजेन्द्र राईको हंगामा, रोस्ट्रमको माइक फाल्ने प्रयासपछि बैठक स्थगित
फाइल तस्बिर।

मोरङ, जेठ १३ : कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री तथा नेकपाका सांसद राजेन्द्र राईले हंगामा गरेकाछन्।

प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि राई माइक फाल्न रोस्ट्रमै पुगेका थिए। 

कुदेर रोस्ट्रमा पुगेका उनलाई मर्यादा पालकहरुले तल झारेका थिए। त्यसपछि उनलाई सभामुखले मर्यादामा बस्न आग्रह गरे ।

त्यसपछि प्रतिपक्षी सांसदहरुले विरोधलाई निरन्तरता दिएका थिए। 

मंगलबारको बैठकमा संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेपछि प्रतिपक्षी दलले विरोध गरेका थिए। त्यसैलाई आज पनि निरन्तरता दिएका हुन्।

प्रतिपक्षको विरोधपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।

प्रकाशित मिति: १५:१८ बजे, बुधबार, जेठ १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्