Kathmandu Press

दैलेखका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १५  : कर्णाली प्रदेशको दैलेखका ८ जनामा कोरोना संक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएक....

दैलेखका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १५  : कर्णाली प्रदेशको दैलेखका ८ जनामा कोरोना संक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमित सबै जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेहरु सबै नारायण नगरपालिकाको वडानम्बर १, ३, ४ र ७ का रहेका छन् । उनीहरु क्रमश २६ वर्षीय युवक, १९, ३०, ३६ र ४० वर्षका पुरुष, १ वर्षका बालक र २० वर्षीय युवती र १७ वर्षीय किशोर रहेका छन्।

योसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ। साथै नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ।

प्रकाशित मिति: १३:०६ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्