मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध छौं : सभामुख अर्याल
‘अन्तर्राष्ट्रिय मानव अधिकारका संयन्त्रहरू, विशेष गरी विश्वव्यापी आवधिक समीक्षाको चौथो चक्र मार्फत प्राप्त गरेका सिफारिसहरू तथा सन्धिजन्य निकायहरूबाट प्राप्त सिफारिसहरूको समेत कार्यान्वयनमा संसद्को तर्फबाट आफ्नो भूमिका निर्वाह गर्ने कुरामा प्रतिबद्धता रहेको छु,’ उनले भने।
काठमाडौं, जेठ १३ : सभामुख डोलप्रसाद अर्यालले मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध रहने बताएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगको २६औं वार्षिक उत्सवमा बोल्दै सभामुख अर्यालले अन्तर्राष्ट्रिय मानव अधिकारका संयन्त्रहरु विश्वव्यापी आवधिक समीक्षाको चौथो चक्रमार्फत प्राप्त गरेका सिफारिसहरूको कार्यान्वयनमा संसद्को तर्फबाट आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता रहेको बताए।
‘अन्तर्राष्ट्रिय मानव अधिकारका संयन्त्रहरू, विशेष गरी विश्वव्यापी आवधिक समीक्षाको चौथो चक्र मार्फत प्राप्त गरेका सिफारिसहरू तथा सन्धिजन्य निकायहरूबाट प्राप्त सिफारिसहरूको समेत कार्यान्वयनमा संसद्को तर्फबाट आफ्नो भूमिका निर्वाह गर्ने कुरामा प्रतिबद्धता रहेको छु,’ उनले भने।
उनले मानव बेचबिखन, संशोधनको, मानव बेचबिखनको विषय, सम्बोधनको लागि मानव अधिकार आयोग र नागरिक समाजले चालेका कदमका लागि उनले प्रशंसा गरेका छन् ।
उनका अनुसार रोकथाम, संरक्षण र अभियोजनका क्षेत्रको महत्वपूर्ण प्रगतिका साथै नेपालले मानव बेचबिखन विरुद्ध सङ्घर्ष गर्ने ठोस प्रतिबद्धतालाई मूर्त रूप दिन राष्ट्र सङ्घीय अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धिलाई पुरक आलेख, पालेर्मो प्रोटोकलको अनुमोदन गरेको छ।
‘मानव बेचबिखनको विषयमा, संशोधनको, मानव बेचबिखनको विषय, सम्बोधनको लागि राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाजले चालेका कदमका लागि म प्रशंसा गर्न चाहन्छु । रोकथाम, संरक्षण र अभियोजनका क्षेत्रको महत्वपूर्ण प्रगतिका साथै नेपालले मानव बेचबिखन विरुद्ध सङ्घर्ष गर्ने ठोस प्रतिबद्धतालाई मूर्त रूप दिन राष्ट्र सङ्घीय अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धिलाई पुरक आलेख, पालेर्मो प्रोटोकलको अनुमोदन गरेको छ,’ उनले भने।
मानव अधिकार उल्लङ्घनका घटनाहरू न्यूनीकरण हुँदै गएको उल्लेख गर्दै उनले दण्डहीनता अन्त्य गर्ने तथा मानव अधिकार उल्लङ्घन प्रति शून्य सहनशीलताको नीति लिनुपर्ने बताए।
उनले महिला तथा बालबालिकालाई हिंसा तथा आपराधिक घटनाहरूबाट संरक्षण गर्नका लागि सरकारका निकायहरू सक्रिय तथा प्रतिबद्ध भएर काम गरिरहेको समेत बातए।











-1779867896.jpg)
